जेठ ०४, २०८१, शुक्रबार
               

दिल्ली कोलकातासँग ५९ रनले पराजित

नेपाल फ्ल्यास
कात्तिक ०८, २०७७

ADVERTISEMENT

युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा कोलकाता नाइट राईडर्सले दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ ।

अबुधाबीमा शनिबार भएको खेलमा कोलकाताले नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द दिल्लीलाई ५९ रनले पराजित गरेको हो । शेख जायद क्रिकेट मैदानमा कोलकाताले दिएको १९५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ९ विकेट गुमाएर १३५ रन मात्र बनाउन सक्यो ।

दिल्लीका लागि कप्तान श्रेयस एयरले सर्वाधिक ४७ रन बनाए ।  यस्तै ऋषब पन्तले २७ रन जोड्दा शिम्रन हिटमायरले १० रन जोडे । दिल्लीलाई सस्तैमा समेट्न कोलकाताका भरुण चक्रवर्तीले २० रन खर्चेर ५ विकेट लिए । पाट कुमिन्सले ३ तथा लक्की फर्गुसनले १ विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ६ विकेट गुमाएर १९४ रन बनाएको थियो । कोलकाताका लागि सुनिल नारिन र नितेश रानाले अर्धशतकीय इनिङ्स खेले । रानाले ५३ बलमा ८१ रन बनाए । नारिन ३२ बलमा ६४ रन बनाएर आउट भए ।

मात्र ४२ रन जोड्दा ३ विकेट गुमाईसकेको कोलकाताका लागि नारिन र रानाले चौंथो विकेटका लागि १ सय १५ रनको साझेदारी गरेका थिए ।

यस्तै राहुल त्रिपाठी १३ रनमा आउट हुँदा सुबमन गिलले ९ र दिनेश कार्तिकले ३ रन जोडे । कप्तान इयान मोर्गनले १७ रन बनाए । दिल्लीका मार्कुस स्टोनिस, एनरिच नोर्टजे र कागिसो राबडाले २/२ विकेट लिए । जितसँगै कोलकाताले दिल्लीसँग सिजनको पहिलो खेलमा व्यहोरेको हारको बदला समेत लिएको छ । पहिलो भेटमा दिल्लीले कोलकातालाई १८ रनले हराएको थियो ।

 


कस्तो लाग्यो ?

यो पनि