जेठ ०४, २०८१, शुक्रबार
               

सातौं जितसहित मुम्बई शीर्षस्थानमा उक्लियो

नेपाल फ्ल्यास
कात्तिक ०८, २०७७

ADVERTISEMENT

 इन्डियन्स इन्डियन प्रिमियर लिग (आइपिएल) को ४१ औं खेलमा चेन्नई सुपर किंग्सलाई १० विकेटले पराजित गर्दै मुम्बई अंक तालिकाकाे शीर्षस्थानमा उक्लिएको छ ।

जितको लागि ११५ रनको सामान्य लक्ष्य पछ्याएको मुम्बईले १२.२ ओभरमा बिनाविकेट सहजै पूरा गर्‍यो । यसअघि शारजाह क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ थालेको चेन्नईले २० ओभरमा ९ विकेट गुमाउँदै ११४ रन बनाएको थियो ।

मुम्बई १० खेलमा ७ मा जित र ३ मा हार सहित १४ अंकका साथ नेट रनरेटको आधारमा शीर्षस्थानमा उक्लिएको छ । समान १४ अंक भए पनि नेट रनरेटको आधारमा दिल्ली र बेंगलोर क्रमश: दोस्रो र तेस्रो स्थानमा छन् । कोलकाता १० खेलमा ५ मा जित र ५ मा हार सहित चौथो स्थानमा छ । सनराइजर्स हैदराबाद १० खेलमा ६ मा हार र ४ मा जित सहित पाँचौ स्थानमा उक्लिएको छ ।

पन्जाब १० खेलमा ६ मा हार र ४ मा जित सहित ८ अंक जोड्दै छैटौं स्थानमा छ । राजस्थान ११ खेलमा ७ मा हार र ४ मा जित सहित सातौं स्थानमा पुगेको छ । चेन्नई सुपर किंग्स ११ खेलमा ८ मा हार र ३ मा जित सहित पुछारमा छ ।


कस्तो लाग्यो ?

यो पनि