जेठ ०३, २०८१, बिहीबार
               

चेन्नईको लज्जास्पद ब्याटिङ. मुम्बईलाई ११५ रनकाे सामान्य लक्ष्य

नेपाल फ्ल्यास
कात्तिक ०७, २०७७

ADVERTISEMENT

युवा ब्याट्सम्यान साम करनको अर्धशतकमा इन्डियन प्रिमियर लिग (आइपिएल) को ४१ औं खेलमा चेन्नई सुपर किंग्सले मुम्बई इन्डिन्सलाई ११५ रनको सामान्य लक्ष्य दिएको छ ।

शारजाह क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ थालेको चेन्नईले २० ओभरमा ९ विकेट गुमाउँदै ११४ रन बनायो । चेन्नईले पहिलो ओभरको पाँचौ बलमा ओपनर रितुराज गायकवाडलाई शून्यमा गुमाएको थियो । जसप्रित बुमराहको दोस्रो ओभरको चौथो बलमा अम्बाती रायुडु क्विन्टन डी ककबाट दुई रनमा समातिन पुगे । लगत्तै अर्को बलमा नारायण जगदिशन शून्यमा सूर्यकुमार यादवबाट क्याच आउट हुँदा चेन्नई ३–३ को कमजोर अवस्थामा पुगेको थियो ।

बोल्टको तेस्रो ओभरको पाँचौ बलमा एज लाग्दै फाफ डु प्लेसिस डी ककबाट क्याच आउट भएपछि चेन्नई ३-४ को अवस्थामा पुगेको थियो । तीन रन जोड्दा प्रमुख चार विकेट गुमाएको थियो । बोल्टको छैटौं ओभरको दोस्रो बलमा जडेजा सात रनमा क्रुनाल पान्ड्याबाट क्याच आउट हुन पुगेका थिए । आइपिएल इतिहासमा चेन्नईले पहिलो पटक पावर प्ले मा पाँच विकेट गुमाएको हो । अर्थात चेन्नईको यो इतिहासकै खराब पावर प्ले हो ।

स्पिनर राहुल चहरको सातौं ओभरको चौथो बलमा कप्तान महेन्द्रसिंह धोनी १६ रनमा क्याच आउट भएपछि आइपिएल इतिहासकै कम योगफलको खतरामा परेको थियो ।  ४३–७ को अवस्थामा पुगेको चेन्नईलाई करन र सार्दुल ठाकुरले २८ रनको साझेदारी गर्दै चेन्नईको साख बचाएका थिए । 


कस्तो लाग्यो ?

यो पनि