जेठ ०३, २०८१, बिहीबार
               

च्याम्पियन्स लिगमा बायर्नको सानदार जित

एजेन्सी
कात्तिक ०६, २०७७

ADVERTISEMENT

साविक विजेता बायर्न म्युनिखले युरोपियन शीर्ष फुटबल च्याम्पियन्स लिग अन्तर्गत बुधबार राति सम्पन्न खेलमा सानदार जित निकालेको छ ।

बायर्नले स्पेनिस क्लब एट्लेटिको मड्रिडलाई ४–० गोलअन्तरले हराएको हो ।

जितका लागि बायर्नका किंग्स्ले कोमनले दुई गोल गरे भने कोरेन्टिन टोलिसो र लियोन गोरेट्जाले समान १–१ गोल गरे।

बायर्नविरुद्ध एटेलेटिकोले गोल गर्न असमर्थ रह्यो । 

यता जर्मन क्लबका कोमनले २८ औं मिनेटमा गोल गर्दै सुरुवाती अग्रता दिलाएको थियो भने गोरेट्जाले ४१ औं मिनेटमा गोल गर्दै अग्रतालाई दोब्बर बनाए ।

यससँगै बायर्न पहिलो हाफमै दुई गोलले अघि रह्यो । दोस्रो हाफमा पनि उसले दुई गोल थप्दै जित निकाल्यो ।

जितसहित ३ अंक बनाएको बायर्न समूह ए को शीर्षस्थानमा छ भने एट्लेटिको पुछारमा छ ।

सोही समूह अन्तर्गत सम्पन्न अर्को खेलमा आरबी साल्जबर्ग र लोकोमोटिभ मस्कोले २–२ गोलको बराबरी खेलेका छन् । उनीहरुले बराबरी खेलेसँगै १ –१ अंक बाँडेका हुन् ।

यो पनि