जेठ ०३, २०८१, बिहीबार
               

बैङलोरलाई सामान्य लक्ष्य

नेपाल फ्ल्यास
कात्तिक ०५, २०७७

ADVERTISEMENT

इन्डियन प्रिमियर लिग (आइपिएल) को ३९ औं खेलमा कोलकाता नाइट राइडर्सले रोयल च्यालेन्जर्स बैङलोरलाई ८५ रनको सामान्य लक्ष्य दिएको छ ।

शेख जायद स्टेडियम आबूधाबीमा टस जितेर पहिला ब्याटिङ रोजेको कोलकाता २० ओभरमा ८ विकेट गुमाउँदै ८४ रन बनाउन सक्यो।

मोहम्मद शिराजले ४ ओभरमा २ मेडन सहित ८ रन खर्चेर ३ विकेट लिए । युजभेन्द्र चहलले ४ ओभरमा १५ रन खर्चेर २ विकेट लिए । वासिन्टन सुन्दरले ४ ओभरमा १ मेडन सहित १४ रन खर्चेर १ विकेट लिए । नवदीप सैनीको नाममा एक विकेट रह्यो ।


कस्तो लाग्यो ?

यो पनि