जेठ ०४, २०८१, शुक्रबार
               

दिल्लीद्वारा पञ्जाबसामु १६५ रनकाे लक्ष्य

नेपाल फ्ल्यास
कात्तिक ०४, २०७७

ADVERTISEMENT

दुबइमा जारी आइपिएलमा दिल्ली क्यापिटल्सले ३८ औं खेलमा किंग्स इलेभेन पन्जाबलाई १६५ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ ।

दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ रोजेको दिल्लीले २० ओभरमा ५ विकेटको क्षतिमा १६४ रन बनायो ।

दिल्लीका ओपनर शिखर धवनले कीर्तिमानी शतकीय इनिङ खेले । यो धवनको आइपिएलमा लगातार दोस्रो शतक हो । यसअघि धवनले चेन्नई सुपर किंग्सविरुद्ध १०१ रनको अविजित शतकीय इनिङ खेलेका थिए । आइपिएल इतिहासमा लगातार दुई खेलमा शतक प्रहार गर्ने धवन पहिलो खेलाडी बनेका छन् । 

पन्जाबका मोहम्मद शामीले ४ ओभरमा २८ रन खर्चेर २ विकेट लिए । ग्लेन म्याक्सवेलले ३१ रन खर्चेर १ विकेट लिए । मुरुगन आश्विनले ४ ओभरमा ३३ रन खर्चेर १ विकेट लिए । जेम्श निशमको नाममा १ विकेट रह्यो ।


कस्तो लाग्यो ?

यो पनि