जेठ ०३, २०८१, बिहीबार
               

एलपिएलमा पर्न सकेनन् सन्दीप लामिछाने

नेपाल फ्ल्यास
कात्तिक ०४, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाली लेग स्पिनर सन्दीप लामिछाने लंका प्रिमियर लिग (एलपिएल) को ड्राफ्टमा कुनै टोलीमा पर्न सकेनन् ।

श्रीलंका क्रिकेट बोर्डले गर्ने एलपिएलमा सन्दीपलाइ कुनै टोलीले अनुबन्ध नगरेको हो ।

सोमबार अनलाइन माध्यमबाट भएको ड्राफ्ट २० राउन्डसम्म चलेको थियो । 

नोभेम्बर २१ देखि डिसेम्बर १३ सम्म श्रीलंकामा हुने लिगमा २३ खेल हुने छन् । 

लिगमा कोलोम्बो किंग्स, डम्बुल्ला हक्स, गाल्ले ग्ल्याडियटर्स, क्यान्डी टस्कर्स र जाफना स्टेलियन्स गरि ५ फ्रेन्चाइज टोली सहभागी छन् ।

सन्दीप हाल संयुक्त अरब इमिरेन्ट्स (युएई) मा इन्डियन प्रिमियर लिग (आइपिएल) मा दिल्ली क्यापिटल्सबाट खेलिरहेका छन् ।


कस्तो लाग्यो ?

यो पनि