जेठ ०३, २०८१, बिहीबार
               

आईपीएलमा राजस्थानसँग चेन्नाई ७ विकेटले पराजीत

नेपाल फ्ल्यास
कात्तिक ०४, २०७७

ADVERTISEMENT

काठमाडौं । आईपीएल क्रिकेट खेलमा राजस्थानसँग चेन्नाईलाई ७ विकेटले पराजीत भएको छ । गएरातिको भएको उक्त खेलमा चेन्नाई सुपर किंग्सलाई राजस्थान रोयल्सले ७ विकेटले पराजीत भएको हो ।

चेन्नाईले पेश गरेको १२६ रनको लक्ष्य राजस्थानले १८ औँ ओभरमा ३ विकेट गुमाएर भेटायो । अबुधाबीमा सोमबार राति भएको खेलमा राजस्थानका लागि जोस बटलरले नटआउट ७० रन योगदान गरे ।

कप्तान स्टिभ स्मिथ पनि २६ रनमा नटआउट रहेका थिए । जारी आईपीएलमा यो राजस्थानको चौथो जित र चेन्नाईको सातौं हार हो । जितसँगै राजस्थानको टोली अंक तालिकामा पाँचौं स्थानमा पुगेको छ । महेन्द्र सिंह धोनी नेतृत्वको चेन्नाई अन्तिम स्थानमा रहेको छ ।


कस्तो लाग्यो ?

यो पनि