बैशाख ०७, २०८१, शुक्रबार
               

आइपिएलमा पञ्जाबले मुम्बइलाई हरायो

नेपाल फ्ल्यास
कात्तिक ०३, २०७७

ADVERTISEMENT

एजेन्सी । गए राति भएको आइपिएल क्रिकेट खेलमा पञ्जाबले मुम्बइलाई हराएको छ । इण्डियन प्रिमियर लिग अन्तरगतको उक्त आइपीएलको डबल सुपर ओभरमा किंग्स इलेभेन पञ्जाबले मुम्बइलाई हराएको हो ।

मुम्बईले दिएको १७७ रनको चुनौती लिएको पञ्जाबले २० ओभरमा ६ विकेट गुमाएर १७६ रन बनाएको थियो । पहिलो सुपर ओभरमा किंग्स इलेभेन पञ्जाबले पहिला ब्याटिङ गर्दै २ विकेट गुमाएर ५ रन बनाएको थियो ।

६ रनको लक्ष्य पछाएको मुम्बईले ६ बलमा ५ रन मात्र बनाएपछि खेल फेरी बराबर भएर दोस्रो सुपर ओभरमा पुगेको थियो । दोस्रो सुपर ओभरमा मुम्बईले एक विकेट गुमाउदै ११ रन बनाएको थियो ।

१२ रनको लक्ष्य पछाएको पञ्जाबले ४ बलमा लक्ष्य पुरा गरेको थियो । यस अघि आइतबार नै भएको खेलमा सनराइजर्स हैदरावाद र कोलकोता नाइटराइडर्सबीचको खेल सुपर ओभरमा कोलकोता विजयी भएको थियो ।

यस अघि पञ्जाबका लागि कप्तान केएल राहुलले ७७ रन बनाएका थिए भने क्रिस गेल र निकोलस पुरनले २४–२४ रन बनाएका थिए।​ त्यस्तौ दीपक हुड्डाले अविजित २३ रन बनाएका थिए भने क्रिस जोर्डनले  १३ रन बनाएका थिए । मुम्बईका बलर जसप्रित बुम्रराहले ३ विकेट लिए भने राहुल चाहरले २ विकेट लिएका थिए ।

यस अघि टस जितेर पहिला ब्याटिंग गरेको मुम्बईले २० ओभरमा ६ विकेट गुमाउदै १७६ रन बनाएको थियो ।​ पञ्जाबका बलर मोहमद सामी र अर्शदीप सिंहले २–२ विकेट लिएका थिए । यो जितसहित पञ्जाबले ९ खेलमा आफ्नो तेस्रो जित हासिल गरेको छ । पञ्जाबले यस अघि ६ खेलमा हार बेहोरेको छ । त्यस्तै मुम्बईले ९ खेलमा ६ जित र ३ हार ब्यहोरेको छ । 


कस्तो लाग्यो ?

यो पनि