जेठ ०५, २०८१, शनिबार
               

भरतपुरबाट रङ्गशालाका लागि डेढ करोड

नेपाल फ्ल्यास
कात्तिक ०२, २०७७

ADVERTISEMENT

गौतम बुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि धुर्मुस सुन्तली फाउण्डेशनलाई भरतपुर महानगरपालिकाले एक करोड ५० लाख प्रदान गरेको छ ।  महानगरपालिका प्रमुख रेनु दाहालले फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेललाई सो रकम बराबरको चेक आज हस्तान्तरण गरे ।

महानगरपालिकाले आन्तरिक स्रोतबाट विनियोजित चार करोडमध्ये पहिलो चरणमा रु ५० लाख र दोस्रो चरणमा एक करोड ५० लाख प्रदान गरेको हो । महानगर प्रमुख दाहालले  रङ्गशाला कोरोना कहरका बीचमा पनि तीव्र गतिमा अगाडि बढिरहेको बताउँदै निर्माण प्रगतिका आधारमा विनियोजितमध्येको रकम थप्दै लगिने जानकारी दिए ।

फाउण्डेशनका अध्यक्ष धुर्मुसले रकम ग्रहण गर्दै अन्य रकमका बारेमा आवश्यक समन्वय र सहजीकरण गरिदिन समेत आग्रह गरे । रङ्गशाला भरतपुर महानगरपालिका वडा नम्बर १५ मा निर्माण भइरहेको छ ।


कस्तो लाग्यो ?

यो पनि