जेठ ०१, २०८१, मंगलबार
               

सुपर ओभरमा कोलकाता विजयी

नेपाल फ्ल्यास
कात्तिक ०२, २०७७

ADVERTISEMENT

इन्डियन प्रिमियर लिग (आइपिएल) को ३५ औं खेलमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदराबादलाई सुपर ओभरमा पराजित गरेको छ ।

सुपर ओभरमा कोलकाताले सानदार सुरुवात पाएको थियो । लोकी फर्गुसनले पहिलो बलमा नै डेविड वार्नरलाई बोल्ड गर्दै उत्कृष्ट सुरुवात दिलाए । दोस्रो बलमा अब्दुल सामादले २ रन जोडे । तर तेस्रो बलमा फर्गुसनले सामादलाई पनि बोल्ड गर्दै टोलीलाई नै मात्र २ रनमा सिमित गरे ।

कोलकाताका लागि कप्तान ओइन मोर्गन र दिनेश कार्तिक ब्याटिङमा आएका थिए । राशिद खानको बलमा मोर्गनले पहिलो बल डट खेले । दोस्रो बलमा उनले सिंगल लिए । तेस्रो बल पनि डट भयो । चौथो बलमा लेग बाइमा २ रन जोडेपछि कोलकाता विजयी भयो ।

यसअघि जितका लागि १६४ रनको विजयी लक्ष्य पछ्याएको हैदराबादले २० ओभरमा ६ विकेटको क्षतिमा १६३ रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो ।

जारी आइपिएलमा दिल्ली क्यापिटल्स ९ खेलमा ७ मा जित र २ मा हार सहित १४ अंकका साथ शीर्षस्थानमा छ । मुम्बई ८ खेलमा ६ मा जित र २ मा हार सहित १२ अंक जोड्दै दोस्रो स्थानमा छ । बेंगलोर ९ खेलमा ६ मा जित र ३ मा हार सहित १२ अंक भएपनि नेट रनरेटको आधारमा तेस्रो स्थानमा छ । कोलकाता ९ खेलमा ५ मा जित र ४ मा हार सहित चौथो स्थानमा छ ।

सनराइजर्स हैदराबाद ९ खेलमा ६ मा हार र ३ मा जित सहित पाँचौ स्थानमा छ । चेन्नई सुपर किंग्स ९ खेलमा ६ मा हार र ३ मा जित सहित छैटौं स्थानमा छ । राजस्थान ९ खेलमा ६ मा हार र ३ मा जित सहित सातौं स्थानमा छ । किंग्स इलेभेन पन्जाब ८ खेलमा ६ मा हार र २ मा जित सहित पुछारमा छ ।


कस्तो लाग्यो ?

यो पनि