बैशाख १२, २०८१, बुधबार
               

कोलकाताले हैदराबादलाई दियो १६४ रनकाे लक्ष्य

नेपाल फ्ल्यास
कात्तिक ०२, २०७७

ADVERTISEMENT

इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आइतबार जारी खेलमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदराबादलाई १६४ रनको लक्ष्य दिएको छ । 

टस हारेर ब्याटिङको निम्तो पाएको कोलकाताले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा १६३ रन बनाएको हो । उसका लागि कप्तान इयन मर्गनले ३४, दिनेक कार्तिक र नितिश रानाले समान २९ रन बनाए । खेलकाे बीचमा धरासायी बनेको कोलकाताको पारी उकास्न कप्तान मर्गन र कार्तिकले ५८ रनको साझेदारी गरेका थिए ।  

बलिङतर्फ हैदराबादका लागि टि नटराजनले ४ ओभरमा ४० रन खर्चेर २ विकेट लिए । राशिद खानले ४ ओभरमा २८ रन खर्चेर १ विकेट लिए । विजय शंकरले ४ ओभरमा २० रन खर्चेर १ विकेट हात पारे । विशाल थाम्पीको नाममा १ विकेट रह्यो ।


कस्तो लाग्यो ?

यो पनि