बैशाख ०८, २०८१, शनिबार
               

चेन्नाईलाई दिल्लीले ५ विकेटले हरायो

नेपाल फ्ल्यास
कात्तिक ०२, २०७७

ADVERTISEMENT

एजेन्सी । आइपिएल क्रिकेट खेलमा दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग क्रिकेटमा सातौँ जित हासील गरेको छ । गएराति अबेरभएको उक्त खेलमा चेन्नाई सुपर किंग्सलाई ५ विकेटले हराएर दिल्ली शीर्ष स्थानमा पुगेको हो ।

१८० रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको दिल्लीले एक बल बाँकी रहँदा पाँच विकेटको क्षतिमा लक्ष्य भेटायो । दिल्लीको जितमा शिखर धवनले शतक बनाएका थिए । दिल्लीको जितको मुख्य श्रेय नै शिखर धवनलाई जान्छ ।

ओपनर शिखर धवनले ५८ बलमा १४ चौका र एक छक्का प्रहार गरेरअविजित १०१ रन बनाएका थिए । शारजाह रंगशालामा यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चेन्नाई सुपर किंग्सले २० ओभरमा चार विकेटको क्षतिमा १७९ रन बनाएको थियो ।

चेन्नाईका लागि फाफ डु प्लेसिसले ४७ बलमा ६ चौका र दुई छक्का प्रहार गर्दै ५८ रन बनाएका थिए । त्यस्तै, आम्बती रायुडुले २५ बलमा चार छक्का र एक चौका प्रहार गर्दै अविजित ४५ रन बनाएका थिए ।

शेन वाटसनले ३६ र रविन्द्र जडेजाले १३ बलमा चार छक्का प्रहार गर्दै अविजित ३३ रनको योगदान दिए । बलिङतर्फ दिल्लीका एनरिच नोर्टजेले दुई विकेट लिएका थिए ।
 


कस्तो लाग्यो ?

यो पनि