चैत १६, २०८०, शुक्रबार
               

बैङलोरलाई राजस्थानले दियो १७८ रनको लक्ष्य

नेपाल फ्ल्यास
कात्तिक ०१, २०७७

ADVERTISEMENT

काठमाडौं । दुबईमा जारी आईपीएलमा राजस्थान राेयल्सले रोयल च्यालेन्जर्स बैङलोरलाई १७८ रनकाे लक्ष्य दिएकाे छ । 

खेलकाे १३ औँ सिजनको ३३ औँ म्याचमा टस जितेर ब्याटिङ रोजेको राजस्थान रोयल्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १७७ रन बनाएको छ ।

राजस्थानका लागि कप्तान स्टीभ स्मिथले ५७, रविन उथप्पाले ४१, बेन स्टोक्सले १५, सञ्जु स्यामसनले ९, जोस बटलरले ९, जोफ्रा आर्चरले २ र राहुल तेवेतियाले नटआउट १९ रन बनाए । अबको केहि समयपछि बैङलोर ब्याटिङका लागि मैदान उत्रिनेछ ।

राजस्थानका लागि मोरिसले ४ विकेट तत्गा युजवेन्द्र चहलले २ विकेट हात पारे ।


कस्तो लाग्यो ?

यो पनि