बैशाख १५, २०८१, शनिबार
               

आइपिएलमा कोलकातालाई मुम्बईले ८ विकेटले हरायो

नेपाल फ्ल्यास
कात्तिक ०१, २०७७

ADVERTISEMENT

एजेन्सी । गएराति युएईमा भएको आइपिएल क्रिकेट खेलमा कोलकातालाई मुम्बईले ८ विकेटले हराएको छ । कोलकातालाई हराएर डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्स जारी इन्डियन प्रिमियर लिग अन्तरगतको उक्त क्रिकेट खेलको शीर्ष स्थानमा पुगेको हो । 

१४९ रनको मध्यम चुनौती पछ्याउँदै ब्याटिङ गरेको मुम्बईले १६.५ ओभरमा दुई विकेटको क्षतिमा लक्ष्य भेटाएको थियो । यस मुम्बईको जितमा क्लिन्टन डि ककले उत्कृष्ट ब्याटिङ गरेका थिए । उनले ४४ बलमा ९ चौका र तीन छक्का प्रहार गर्दै अविजित ७८ रन बनाएका हुन् । त्यस्तै, कप्तान रोहित शर्माले ३५, हार्दिक पाण्ड्याले अविजित २१ र सुर्यकुमार यादवले १० रन बनाएका थिए ।

यसअघि टस जितेर पहिले ब्याटिङको थालेको कोलकाताले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा १४८ रन बनाएको थियो । कोलकाताका लागि पट कुम्मिन्सले अविजित ५३ रन बनाएका थिए ।

उनले ३६ बलमा पाँच चौका र दुई छक्का प्रहार गरेका थिए। त्यस्तै, कप्तान इयोन मोर्गनले अविजित ३९ रन बनाउँदा शुबमन गिलले २१ रनको योगदान दिएका थिए । टप अर्डर ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न नसक्दा कोलकाताले मध्यम स्कोर बनाएको थियो। मुम्बईका राहुल चाहारले दुई विकेट लिएका थिए ।

यो जितसँगै मुम्बई लिगको शीर्ष स्थानमा उक्लिएको छ । दिल्ली क्यापिटल्ससँग जारी लिगमा लुकमारी खेलिरहेको मुम्बईले आठ खेलमध्ये ६ खेलमा जित र तीन दुई खेलमा हारसहित १२ अंक बनाउँदै शीर्ष स्थानमा उक्लिएको हो । समान खेलबाट ६ खेलमा जित र दुई खेलमा हारसहित १२ अंक नै बनाएको दिल्ली अंक तालिकाको दोस्रो स्थानमा झरेको छ । 


कस्तो लाग्यो ?

यो पनि