बैशाख १४, २०८१, शुक्रबार
               

आइपिएलमा बेंगलोरलाई पन्जाबले ८ विकेटले हरायो

नेपाल फ्ल्यास
असोज ३०, २०७७

ADVERTISEMENT

एजेन्सी । आइपिएल क्रिकेट खेलमा बेंगलोरलाई पन्जाबले ८ विकेटले हराएको छ । किंग्स इलेभेन पन्जाबले इन्डियन प्रिमियर लिग (आइपिएल) मा दोस्रो जित हासील गरेको हो ।

बिहीबार राती सम्पन्न खेलमा रोयल च्यालेन्जर्स बेंगलोरलाई ८ विकेटले पराजित गर्दै पन्जाबले लगातार पाँच खेलमा रहेको हारको सिलसिलामा पूर्णविराम लगाएको छ ।

१ सय ७२ रनको विजयी लक्ष्य पछ्याएको पन्जाबले २० ओभरमा २ विकेटको क्षतिमा समेटेको थियो । पन्जाबको जितमा कप्तान लोकेश राहुल ६१ रनमा अविजित रहे । जारी सिजनमा पहिलो खेल खेलेका क्रिस गेलले ५३ रन बनाए ।

बेंगलोरका युजभेन्द्र चहलले १ विकेट लिए । त्यसअघि शारजाह क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ गरेको बेंगलोरले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ७१ रन बनाएको थियो । जसमा विराट कोहलीले सर्वाधिक  ४८ रन बनाए ।

 पन्जाबका मिुरुगन आश्विनले मोहम्मद शामीले २–२ विकेट लिएका थिए । उक्त प्रतियोगितामा शुक्रबार मुम्बई इन्डियन्स र कोलकाता नाइट राइडर्सबिच भीडन्त हुनेछ। 


कस्तो लाग्यो ?

यो पनि