बैशाख ०८, २०८१, शनिबार
               

आइपिएलमा दिल्लीले राजस्थानलाई १३ रनले हरायो

नेपाल फ्ल्यास
असोज २९, २०७७

ADVERTISEMENT

एजेन्सी । आइपिएल क्रिकेट खेलमा दिल्लीले राजस्थानलाई  १३ रनले हराएको छ । गए राति भएको उक्त दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग आइपिएल खेलको १२ अंक तालिकामा राजस्थानलाई हराउँदै दिल्ली शीर्ष स्थानमा पुगेको हो ।

खेलमा दिल्लीले बनाएको १ सय ६२ रनको मध्यम लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ४८ रन मात्रैबनाउन सक्यो ।

राजस्थानका बेन स्टोक्सले सर्वाधिक  ४१ रन बनाए पनि हार टार्न सकेन भने दिल्लीका एनरिच नोर्टजे र तुषार देश पान्डेले  २–२ विकेट लिएका थिए । यस जितसँगै दिल्ली ८ खेलमा ६ मा जित र २ मा हार सहित शीर्ष स्थानमा पुगेको ।

मुम्बई र बेंगलोरको अंक तालिकामा समान १० अंक छ। नेट रन रेटको आधारमा मुम्बई दोस्रो र बेंगलोर तेस्रो स्थानमा छन् । यस प्रतियोगितामा बिहीबार रोयल च्यालेन्जर्स बेंग्लोर र किंग्स इलेभन पन्जाबबीच भीडन्त हुने छ । 


कस्तो लाग्यो ?

यो पनि