बैशाख ०८, २०८१, शनिबार
               

आइपिएलमा हैदरावादलाई चेन्नेइले २० रनले हरायो

नेपाल फ्ल्यास
असोज २८, २०७७

ADVERTISEMENT

काठमाडौं । खाडी मुलुक युएइमा गएराति भएको आइपिएल क्रिकेट खेलमा हैदरावादलाई चेन्नेइले हराएको छ । सो खेलमा चेन्नेइ सुपर किंग्सले आइपिएलमा तेस्रो जित हासील गरेको हो ।

योसँगै हैदरावादले पाँचौँ पटा हार ब्यहोरेको हो । खेलमा चेन्नेइले पहिले ब्याटिङ गर्दै हैदरावादलाई १६८ रनको चुनौती दिएको थियो । त्यसको जवाफी ब्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४७ रन मात्र बनायो ।

हैदरावादको लागि केन विलियम्सनले ५७ रन बनाए पनि जित दिलाउन सकेनन् । चेन्नैइको लागि ड्वेन ब्राभो र कर्ण शर्माले दुई–दुई विकेट लिएका थिए । साथै साम कुरान, रविन्द्र जडेजा र शार्दुल ठाकुरले एक–एक विकेट लिए ।

जडेजाले ब्याटिङमा पनि राम्रो गरे । उनले १० बलमा नटआउट २६ रन बनाए । यो प्रदर्शनका कारण उनी म्यान अफ द म्याच भएका छन् ।
 


कस्तो लाग्यो ?

यो पनि