बैशाख २१, २०८१, शुक्रबार
               

रोनाल्डोलाई कोरोना संक्रमण

नेपाल फ्ल्यास
असोज २७, २०७७

ADVERTISEMENT

पोर्चुगल राष्‍ट्रिय फुटबल टोलीका कप्तान एवम् इटालियन क्लब युभेन्ट्सका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई कोरोना भाइरस संक्रमण पुष्‍टि भएको छ ।

नेसन्स लिगमा फ्रान्स र पोर्चुगलबीचको खेल भएको केही दिनमा रोनाल्डोमा संक्रमण पुष्टि भएको हो । पोर्चुगल फुटबल फेडेरेसन (पिएफएफ)ले जारी गरेको वक्तव्यअनुसार उनमा मङ्गलबार संक्रमण पुष्‍टि भएको हो । 

पिएफएफका अनुसार उनमा कुनै लक्षण भने देखिएको छैन । साथै पोर्चुगल टीमका अन्य सदस्यमा भने कोरोना नदेखिएको समाचारमा जनाइएको छ । संक्रमण देखिएका कारण ३५ वर्षीय स्ट्राइकरले बुधबार नेसन्स लिग खेलमा पोर्चुगलको स्विडेन विरुद्धको खेलमा उपस्थित हुने छैनन् ।


कस्तो लाग्यो ?

यो पनि