बैशाख १७, २०८१, सोमबार
               

सरकार र राखेपलाई कप्तान चेम्जोङको खुला पत्र : खेलाडी सधैँ मारमा पर्नुपर्ने हो ?

नेपाल फ्ल्यास
असोज २७, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले सरकार र राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई खुला पत्र लेखेका छन् ।नोबेल कोरोना भाइरस (कोभिड१९) का कारण चैतदेखि खेलकुदलाई ठप्प गरेको गुनासो मिश्रित पत्र लेखेका हुन् ।

उनले खेल पदाधिकारीको जसरी चिल्लो गाडीमा हिँडेर भाषण गरेका भरमा परिवार चलाउन नसक्ने भन्दै आक्रोश समेत व्यक्त गरेका छन् ।

यस्तो कठिन समयमा घरेलु खेलकुदका अभिभावक संस्थाले खेलाडीका बारेमा सोच्न नसक्ने हो भने त्यसको औचित्य पूष्ठि नहुने बताएका छन् ।

किरणको पत्र :
आदरणीय राष्ट्रिय खेलकुद परिसद् तथा सम्मानीय सरकार सञ्चालक ज्यूलाई मेरो सानो खुला पत्र लेख्न चाहन्छु ।

म नेपाली राष्ट्रिय टोलीको तर्फबाट कप्तान किरण चेम्जोङ आफ्नो व्यक्तिगततर्फ र एन्फाकोतर्फबाट सरकारलाई के सम्झाउन चाहन्छु ।

फुटबल मात्रै नभएर सम्पूर्ण खेलकुद सुचारु गर्न सबै मापदण्ड पूरा गरी पूर्ण सुचारु गर्न हजुरहरुलाई अनुरोध गर्दछु । एकान दुईकान गर्दै हुनुहुन्छ ? खेलाडी सधै मर्म मै पार्ने र मर्ने हो भने तपाईंहरुले सम्बन्धित निकाएमा बसेको के अर्थ रर्‍यो र ? खेलाडीचाहिँ सधैं काठमाडौँको धुलोमा तपाईंहरु चै चिल्लो गाडीमा?

खेलकुद मन्त्रालय र नेपाली खेलकुद परिषदका माननीय ज्यू र सामान्य आदरणीय नेपाल सरकारले सायद बिर्सनुभयो होला देशको नाम खेलकुद र खेलाडीले चिनाउने गरेको छ । यत्तिका महिना खेलाडी खेलकुद कुन दूर अवस्थामा छ भनेर सामान्य चासो पनि नदेखाउँदा फुटबलमा भविष्य देख्ने/खोज्ने भाइबहिनीमा कति असर परेको होला ? यो सबैले खुलस्त देखिन्छ ।

सम्पूर्ण देशमा फूटबल सुरु भइसक्दा पनि हाम्रो देशमा खेलकुदको विषयमा बोलिदिने मान्छे भएन । खेलाडीका लागि मात्र होइन खेलकुद लागि पनि बोलिदिने मान्छे भएन । सबै देशमा फुटबल सुरु भइसक्दा पनि हाम्रो देशमा खेलमैदानको लागि दु:खद घडीमा बनाएको रंगशालामा फिलिमको सुटिङ, म्युजिक भिडियोको लागि प्रवेश खुला भयो ।

फुटबलका लागि खेल्न चै किन न हुने फुटबलले देशका लागि ठूलो असर पार्छ । अबका दिनमा सम्पूर्ण खेलमैदान मा खेल सुचारु गर्दिन अनुरोध गर्द आखिर कहिलेसम्म नेपाली फुटबलको लोकदोहोरी फेस्बुकमा हेरेर बस्ने हामीले नेपाली फुटबलको विकासका लागि कसैले केही गरेको देखिन । फुटबल खेलाडीले खेल्न बिर्से । सरकार फुटबल राजनीतिजस्तो होइन बोले र मख्ख पर्न फुटबलमा हात खुट्टा र दिमाग लगाए खेल्नुपर्छ । अनि चिल्लो गाडीमा बसेर गफ लगाए जस्तो सजिलो पनि छैन ।

२ खुट्टा चलाए घर परिवार हेर्नुपर्ने हुन्छ ७ महिनादेखि बेरोजगार भएका खेलाडीको क्षतिपूर्ति कस्ले दिन्छ ? जुन खेलाडी खेलेर नै जीविका चलाउँथ्यो । ऊ आजभोलि खेलमैदान छोडेर विदेश पो जाँदै छ । यो लाज हुने कुरा हो । माननीयज्यू त्यता पनि ध्यान दिने कि ?

जय देश जय देश जय नेपाली फुटबल ।


कस्तो लाग्यो ?

यो पनि