चैत १६, २०८०, शुक्रबार
               

आइपिएलमा कोलकातालाई बेंगलोरले ८२ रनले हरायो

नेपाल फ्ल्यास
असोज २७, २०७७

ADVERTISEMENT

एजेन्सी । आइपिएल क्रिकेट खेलमा कोलकातालाई बेंगलोरले ८२ रनले हराएको छ । गय राति भएको उक्त इन्डियन प्रिमियर लिग अन्तरगतको खेलमा रोयल च्यालेन्जर्स बेंगलोरले कोलकातालाई ८२ रनले हराएर पाँचौ जित हासील गरेको हो ।

१ सय ९५ रनको विजयी लक्ष्य पछ्याएको कोलकाता २० ओभरमा ९ विकेट गुमाउँदै १ सय १२ रन मात्रै बनायो । कोलकाताका सुभम गिलले सर्वाधिक  ३४ रन जोडे।   बेंगलोरका क्रिस मोरिसले २ विकेट लिएका थिए ।

त्यसभन्दा अगाडि युएईको शारजाह क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ रोजेको बेंगलोरले २० ओभरमा २ विकेटको क्षतिमा १ सय ९४ रन बनाएको थियो । जितसँगै बेंगलोर १० अंकका साथ तेस्रो स्थानमा पुगेको छ भने  मुम्बई र दिल्लीको पनि बराबर १० अंक रहेको छ ।


कस्तो लाग्यो ?

यो पनि