काठमाडौं । आइपिइल क्रिकेट खेलमा मुम्बईले दिल्लीलाई हराएर शीर्ष स्थानमा पुगेको छ । साविक विजेता मुम्बईले दिल्ली क्यापिटल्सलाई ५ विकेटले हराएर १० अंकको साथ शीर्ष स्थानमा पुगेको हो ।
खेलको जितका लागि १ सय ६३ रनको विजयी लक्ष्य पछ्याएको मुम्बईले १९.४ ओभरमा ५ विकेटको क्षतिमा पूरा गरेको थियो । उसका क्विन्टन डी कक र सूर्यकुमार यादवले समान ५३–५३ रन बनाएका थिए ।
दिल्लीका कागिसो रबाडाले २ विकेट लिए पनि टोलीलाई सफलता दिलाउन सकेनन् । यस प्रतियोगिता अन्तरगत सोमबार रोयल च्यालेन्जरर्स बेंग्लोर र कोलकाता नाइट राइडर्सको भीडन्त हुनेछ ।