जेठ ०५, २०८१, शनिबार
               

दिल्लीले मुम्बईलाई दियो १६३ रनको लक्ष्य

नेपाल फ्ल्यास
असोज २५, २०७७

ADVERTISEMENT

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज जारी खेलमा दिल्ली क्यापिटल्सले मुम्बइ इण्डियनलाई १६३ रनको लक्ष्य दिएकाे छ । 

अबुधावीस्थित शेख जायेद स्टेडियममा टस जितेर ब्याटिङमा उत्रिएको दिल्लीले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १६२ रन जोडेको हो ।

दिल्लीका लागि शिखर धवनले अर्धशतकीय पारी खेल्दै सर्वाधिक अभिजित ६९ रन बनाए । त्यस्तै कप्तान श्रेयस ऐयरले ४२ रन बनाए ।

मुम्बइका लागि क्रुनाल पाण्ड्याले २ विकेट लिँदा ट्रेन्ट बोल्टले १ विकेट लिए ।


कस्तो लाग्यो ?

यो पनि