जेठ ०५, २०८१, शनिबार
               

हैदरावादमाथि राजस्थानको रोमाञ्चक जित

नेपाल फ्ल्यास
असोज २५, २०७७

ADVERTISEMENT

राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा सनराइजर्स हैदराबादमाथि ५ विकेटको रुोमाञ्चक जित निकालेको छ ।

सनराइजर्स हैदराबाद दिएकाे १५९ रनको विजयी लक्ष्य पछ्याएको राजस्थानले एक बल अगाडि ५ विकेटको क्षतिमा पूरा गर्यो ।

एक समय १२ ओभरमा ७८–५ को कमजोर अवस्थामा रहेको राजस्थानलाई पराग र टेवाटियाले उत्कृष्ट प्रर्दशन गर्दै जित दिलाएका हुन् । अन्तिम ओभरमा राजस्थानलाई जितको लागि ८ रन आवश्यक थियो । जसमा पाँचौ बलमा खलिल अहमदलाई परागले उत्कृष्ट छक्का प्रहार गर्दै जित पक्का गरे ।

हैदराबादका स्पिनर राशिद खानले ४ ओभरमा २५ रन खर्चेर २ विकेट लिए । खलिल अहमदले ३।५ ओभरमा ३७ रन खर्चेर २ विकेट हात पारे ।

त्यसअघि दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ रोजेको हैदराबादले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १५८ रन बनायो । यो सँगै राजस्थान ७ खेलमा ३ मा जित र ४ मा हार सहित छैटौं स्थानमा उक्लिएको छ । हैदराबाद ७ खेलमा ३ मा जित र ४ मा हार सहित पाँचौ स्थानमा छ ।


कस्तो लाग्यो ?

यो पनि