बैशाख ३०, २०८१, आइतबार
               

दिल्लीको छैटौं खेलमा पनि सन्दीप बेन्चमै

नेपाल फ्ल्यास
असोज २४, २०७७

ADVERTISEMENT

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गतको २३ औं खेल राजस्थान रोयल्स र दिल्ली क्यापिटल्सबीच चलिरहेको छ । युएईको शारजाहमा भएको खेलमा राजस्थानले टस जितेर फिल्डिङ रोजेपछि दिल्लीले ब्याटिङ गरिरहेको छ ।

राजस्थानले आज टोलीमा दुई खेलाडी परिवर्तन गरेको छ । तीव्र गतिका बलर एन्ड्र्यू टाई र वरुण आरोनलाई मौका दिएको छ । दिल्लीले भने आज टोलीमा कुनै परिवर्तन गरेको छैन । 

दिल्लीले नेपाली लेगस्पिनर सन्दीप लामिछानेलाई लगातार छैटौं खेलमा बेन्चमा राखेको छ । दिल्ली ५ खेलमा ४ मा जित र १ मा हारसहित ८ अंक जोड्दै दोस्रो स्थानमा छ । राजस्थानले भने ५ खेलमा ३ मा हार र २ मा जितसहित सातौं स्थानमा छ ।


कस्तो लाग्यो ?

यो पनि