बैशाख १६, २०८१, आइतबार
               

विश्‍वकप छनोट : मेस्सीको गोलमा अर्जेन्टिना विजयी

नेपाल फ्ल्यास
असोज २३, २०७७

ADVERTISEMENT

एजेन्सी । लियोनल मेस्सीले पेनाल्टीबाट गरेको गोल सहयोगमा अर्जेन्टिनाले विश्‍वकप छनोटमा विजय हाँसिल गरेको छ ।

शुक्रबार बिहान भएको विश्‍वकप फुटबलको दक्षिण अमेरिकी छनोट अन्तर्गत अर्जेन्टिनाले इक्‍वेडरलाई १-० गोलले हराएको हो । खेलको १३औं मिनेटमा पेनाल्टीमा गोल गर्दै मेस्सीले अर्जेन्टिनालाई जिताएका हुन् ।

योसँगै अर्जेन्टिनाले सन् २०२२ मा कतारमा हुने विश्‍वकप छनोटअन्तर्गत अर्जेन्टिनाले विजयी सुरुवात गरेको हो। यो जितसँगै अर्जेन्टिनाले तालिकामा तीन अंक जोडेको छ । अर्जेन्टिनाले अब बोलिभियासँग खेल्नेछ ।                                                     

अर्जेन्टिनासँग हारेको इक्‍वेडरले उरुग्वेसँग खेल्नेछ । 
 


कस्तो लाग्यो ?

यो पनि