टर्कीले जर्मनीलाई बराबरीमा रोकेको छ।
केनन कारामनले इन्जुरीमा समयमा गोल गरेपछि टर्कीले जर्मनीसँग ३-३ को बराबरी खेलेको हो ।
काठमाडौं । केनन कारामनले इन्जुरीमा समयमा गोल गरेपछि टर्कीले जर्मनीलाई बराबरीमा रोकेको छ। टर्कीले जर्मनीसँग ३-३ को बराबरी खेलेको हो ।
भ्रमणकारी टर्कीले तीनपटक पछि परेको स्थितिमा जर्मनीलाई बराबरीमा रोकेको हो । कारामनले ९४ मिनेटमा बराबरी गोल फर्काएका थिए ।
पहिलो हाफको अन्तिम मिनेटमा युलियन ड्राक्सलरले काई हाभार्टजको पासमा गोल गरेका थिए ।
जर्मनीे ड्राक्सलरकै गोलबाट अग्रता लिएको हो। ५०औं मिनेटमा टर्कीका ओजन टुफानले बराबरी गोल फर्काए ।
त्यसको आठ मिनेट नवित्दै हाभार्टजकै पासमा फ्लोरिन नेउहाउसले गरेको गोलबाट जर्मनीले फेरि अग्रता लियो। नेउहाउसको जर्मनीबाट यो डेब्यू खेल थियो ।
६७औं मिनेटमा टर्कीका इफेक्यान कारासाले फेरि बराबरी गोल फर्काए । ८१औं मिनेटमा जियान लुका वाल्डस्मिल्डले गरेको गोलबाट जर्मनीले पुनः अग्रता लियो । इन्जुरी समयमा कारामनले बराबरी गोल फर्काएपछि घरेलु टिम जर्मनी बराबरीमा रोकियो ।
जर्मनीका केही महत्वपूर्ण खेलाडी टिममा थिएनन् । प्रशिक्षक जोचिम लोउले बायर्नका म्यानुयल नुयर र सेर्गी गिनाब्रीलाई आरम दिएका थिए । २०१४ को विश्वकप विजेता जर्मनीले शनिबार युईएफए नेसन्स लिगमा युक्रेन तथा मंगलबार स्विट्जरल्यान्डविरुद्ध खेल्नेछ ।