मंसिर ०७, २०८१, शुक्रबार
               

आइपिएलमा चेन्नईलाई कोलकाताले हरायो

नेपाल फ्ल्यास
असोज २२, २०७७

ADVERTISEMENT

एजेन्सी । गय राति भएको आइपिएल खेलमा चेन्नईलाई कोलकाताले १० रनले हराएको छ । उक्त इन्डियन प्रिमियर लिग आइपिएल खेलमा चेन्नई सुपर किंग्सले  चौथो हार ब्यहोरेको हो । कोलकाता नाइट राइडर्ससँग १० रनले पराजित भएको छ ।

त्यस खेलमा १ सय ६८ रनको विजयी लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ५७ रन मात्र बनाउन सक्यो । चेन्नइका लागि सेन वाटसनले सर्वाधिक ५० रन बनाए पनि त्यो जितका लागि प्रर्याप्त हुन सकेन । कोलकाता सुनिल नारायण, शिवभ माभी, बरुण चत्रबर्ती, कमलेश नगरकोटी र आन्द्रे रसेलले एक एक विकेट लिएका थिए ।

त्यसअघि शेख जायद स्टेडियम आबुधाबीमा टस जितेर पहिला ब्याटिङ रोजेको कोलकाता २० ओभरमा अल आउट हुँदै १ सय ६७ रन बनाएको थियो । ओपनर राहुल त्रिपाठीले सर्वाधिक ८१ रनको योगदान दिए । चेन्नईका लागि ड्वेन ब्राभोले सर्वाधिक ३ विकेट लिए ।

यस्तै  करण शर्मा, शार्दुल ठाकुर र साम करन २र२  विकट हात पारे । यो जितसँगै कोलकाता पाँच खेलमा ६ अंक बनाएको छ र लिगको तेस्रो स्थानमा उक्लिएको छ । चेन्नई पुछारबाट चौथो स्थानमा छ । सो प्रतियोगिता अन्र्तगत बिहीबार सनराइजर्स हैदराबाद र किंग्स इलेभन पञ्जाबको भीडन्त हुने छ । 
 


कस्तो लाग्यो ?

यो पनि