मंसिर ०७, २०८१, शुक्रबार
               

आइपएलमा मुम्बईद्वारा राजस्थान ५७ रनले पराजित

नेपाल फ्ल्यास
असोज २१, २०७७

ADVERTISEMENT

एजेन्सी । आईपीएल क्रिकेट खेलमा मुम्बईसँग राजस्थान ५७ रनले पराजित भएको छ । मंगलबार युएइको अबुधाबीमा भएको उक्त खेलमा डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्सले राजस्थान रोयल्सलाई ५७ रनले पराजित गरेको हो ।

यो जित हासिल गरेसँगै मुम्बई अंक तालिकाको शीर्ष स्थानमा उक्लिएकाे छ । सुरुमा ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा चार विकेट गुमाएर १९३ रन बनाएको थियो भने १९४ रनको लक्ष्य पछ्याएको राजस्थान १८.१ ओभरमा अल आउट हुँदै १३६ रन मात्र बनाउन सक्यो ।


कस्तो लाग्यो ?

यो पनि