मंसिर ०७, २०८१, शुक्रबार
               

आइपिएलमा दिल्ली पुग्यो शीर्षस्थानमा

नेपाल फ्ल्यास
असोज २०, २०७७

ADVERTISEMENT

एजेन्सी । आइपिएल क्रिकेट खेलमा दिल्ली उपाधी चुम्न शीर्षस्थानमा पुगेको छ । इन्डियन प्रिमियर लिग अन्तरगतको उक्त खेलमा दिल्ली क्यापिटल्सले  बेंगलोरलाई ५९ रनले हराउँदै चौथो जित हासील गरेको हो ।

चौथो जितसँगै दिल्ली अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ । हिँजो राति सम्पन्न भएको सो खेलको १९ औँ अवसरमा रोयल च्यालेन्जर्स बेंगलोरलाई ५९ रनले पराजित गर्दै दिल्ली शीर्ष स्थानमा पुगेको छ ।  उक्त जितको लागि १ सय ९७ रनको विजयी लक्ष्य पछ्याएको बेंगलोर २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ३७ रन मात्रै बनाउन सक्यो ।


कस्तो लाग्यो ?

यो पनि