जेठ ०२, २०८१, बुधबार
               

आईपीएलमा पन्जाबलाई चेन्नाईले १० विकेटले हरायो

नेपाल फ्ल्यास
असोज १९, २०७७

ADVERTISEMENT

एजेन्सी । आईपीएलमा पन्जाबलाई चेन्नाईले १० विकेटले हराएको छ । इन्डियन प्रिमियर लिग अन्तरगत उक्त आईपीएल क्रिकेटमा पन्जादलाई चेन्नाई सुपर किंग्सले १० विकेटले हराएको हो । सो खेल गयराती भएको थियो ।

किंग्स इलाभेन पन्जाबले दिएको १७९ रनको लक्ष्य पछ्याएको चेन्नाईले एक विकेट पनि नगुमाएर १७.४ ओभरमा पूरा गरेको हो । चेन्नाइको जितमा ओपनरद्वय शेन वाटसन र फाप डु प्लेसिसले १८१ रनको साझेदारी गरेका थिए ।

वाटसनले ५३ बलमा ११ चौका र ३ छक्काको मद्दतमा ८७ रन बनाएका थिए । प्लेसिसले पनि ५३ बलमा ११ चौका र १ छक्काको मद्दतमा ८३ रन बनाए । वाटसन म्यान अफ द म्याच भएका छन् । महेन्द्र सिंह धोनी नेतृत्वको चेन्नाइको पाँचौं खेलमा यो दोस्रो जित हो भने पन्जाबको चौथो हार हो ।


कस्तो लाग्यो ?

यो पनि