मंसिर ०७, २०८१, शुक्रबार
               

डिफेन्डिङ च्याम्पियन फुटबलमा मड्रिडको जित

नेपाल फ्ल्यास
असोज १९, २०७७

ADVERTISEMENT

एजेन्सी । डिफेन्डिङ च्याम्पियन रियल मड्रिडले स्पेनिस ला लिगा फुटबलमा तेस्रो जित हात पारेको छ । रियलले लेभान्टेलाई २–० गोलअन्तरले हराएको छ । लेभान्टेको मैदानमा रियलको जितमा भिनिसियस जुनियर र करिम बेन्जिमाले गोल गरे ।

खेलको १६ औँ मिनेटमा लुका मोड्रिचले प्रहार गरेको कर्नर बललाई जाली चुमाएर भिनिसियसले रियललाई अग्रता दिलाएका थिए । उनले नै गरेको गोलमा रियलले लेभान्टेविरुद्ध पहिलो हाफसम्म १–० गोलको अग्रता बनाएको हो ।

अतिरिक्त समयमा बेन्जिमाले गोल गर्दै रियललाई २–० गोलको जित दिलाउन सफल भए। ला लिगामा आफ्नो पहिलो खेलमा रियल सोसाइडेडसँग गोलरहित बराबरी खेलेको रियलले आफ्नो दोस्रो खेलमा रियल बेटिसलाई ३–२ ले र तेस्रो खेलमा भालाडोलिडलाई १–० गोलले हराएको थियो ।


कस्तो लाग्यो ?

यो पनि