मंसिर ०७, २०८१, शुक्रबार
               

राजस्थानलाई हराउँदै बैंग्लोर शीर्ष स्थानमा

नेपाल फ्ल्यास
असोज १७, २०७७

ADVERTISEMENT

आइपिएलमा रोयल च्यालेन्जर्स बैंग्लोर अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)मा रोयल च्यालेञ्जर्स बैंङ्ग्लोरले राजस्थान रोयल्सलाई ८ विकेटले हराएको छ । 

शेख जायद स्टेडियम आबुधाबीमा राजस्थानले दिएको १५५ रनको लक्ष्य बेंग्लोरले २ विकेटको क्षतिमा ५ बल खेल्न बाँकी छदा पूरा गर्‍यो । बेंग्लोरको जितमा कप्तान विराट कोहलीले नटआउट ७२ रन जोडे । एबी डिभिलियर्सले नटआउट १२ रन जोडे । यस्तै ओपनर देवदुत पडिकलले पनि अर्धशतक पूरा गरे ।

यो जितसँगै बेंगलोर ४ खेलमा ३ मा जित र १ मा हार सहित ६ अंकका साथ शीर्ष स्थानमा छ । मुम्बई ४ खेलमा समान २ मा जित र २ मा हार सहित दोस्रो स्थानमा छ । दिल्ली क्यापिटल्स ३ खेलमा २ मा जित र १ मा हार सहित तेस्रो स्थानमा छ ।

 


कस्तो लाग्यो ?

यो पनि