जेठ ०१, २०८१, मंगलबार
               

आइपिएलमा पञ्जाबलाई मुम्बईले हरायो

नेपाल फ्ल्यास
असोज १६, २०७७

ADVERTISEMENT

एजेन्सी । अन्तराष्ट्रिय क्रिकेट खेल आइपिएलमा पञ्जाबलाई मुम्बईले हराएको छ । इण्डियन प्रिमियर लिग अन्तरगतको उक्त आइपिएलमा मुम्बई इण्डियन्सले किंग्स इलेभेन पञ्जाबलाई ४८ रनले हराएको हो ।

मुम्बईले दिएको १९२ रनको लक्ष्यलाई पञ्जाबले २० ओभरमा ८ विकेट गुमाएर १४३ रन मात्र बनायो । पञ्जाबको लागि निकोलस पुरनले सर्बाधिक ४४ रन बनाए भने मयंक अग्रवालले २५, कृष्नाप्पा गोवथमले अविजित २२ तथा केएल राहुलले १७ रन बनाए ।

मुम्बईका राहुल चहर, जसप्रित बुम्रराह र जेम्स पाटिसनले २–२ विकेट लिए भने ट्रेन्ट बोल्ट र क्रुनाल पाण्डेयले एक एक विकेट लिएका थिए । यसभन्दा अगाडि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ४ विकेट गुमाउदै १९१ रन बनायो ।

मुम्बईको लागि रोहित शर्माले सर्बाधिक ७० रन बनाएका थिए ।आज फेरि चेन्नई सुपर किंग्स र सनराइजर्स हैदरावादबीच खेल हुनेछ ।
 


कस्तो लाग्यो ?

यो पनि