जेठ ०१, २०८१, मंगलबार
               

टाइब्रेकरमा टोटेनहमसँग चेल्सी पराजित

एजेन्सी
असोज १४, २०७७

ADVERTISEMENT

इंग्लिस फुटबल लिग अन्तर्गत काराबाओ कपको मंगलबार राति सम्पन्न खेलमा टोटेनहमले विजयी को छ । 

टोटेनहमको मैदानमा सम्पन्न खेलमा उसले पाहुना टिम चेल्सीलाई पेनाल्टी सुटआउटमा ५–४ गोल अन्तरले पराजित गरेको हो ।

खेलको पहिलो हाफमा चेल्सीका टिमो वेर्नरले गोल गर्दै क्लबलाई सुरुवाति अग्रता दिलाएका थिए ।

तर दोस्रा हाफको ८३ औं मिनेटमा टोटेनहमका एरिक लामेलाले गोल गर्दै खेललाई बराबरीमा फर्काए ।

प्रतिस्पर्धात्मक खेलमा थप गोल हुन नसक्दा खेलको नजिता टाइब्रेकरबाट लिइएको थियो ।

टाइब्रेकरको अन्तिम गोलमा चेल्सीका मेसन माउन्टले गोल गर्न चुकेपछि टोटेनहमले खेल जितेको हो ।


कस्तो लाग्यो ?

यो पनि