बैशाख २९, २०८१, शनिबार
               

सन्दीप सम्मिलित दिल्ली र हैदराबाद भिड्दै

नेपाल फ्ल्यास
असोज १३, २०७७

ADVERTISEMENT

युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज दिल्ली क्यापिटल्स र सनराइजर्स हैदराबादबीच प्रतिस्पर्धा हुँदैछ ।

आईपीएलको ११औँ खेलमा आज दिल्ली र सनराइजर्स हैदरावाद भिड्न लागेका हुन् । खेल, साँझ पौने ८ बजे आवुधावीस्थित शेखजायद स्टेडियममा हुनेछ ।

श्रेयस एयरको कप्तानीमा मैदान उत्रने दिल्लीले पहिलो खेलमा किङ्स इलाभेन पन्जाबलाई सुपर ओभरमा हराएको थियो । दोस्रो खेलमा दिल्लीले चेन्नई सुपर किङ्सलाई ४४ रनले हराएको थियो ।

हैदराबाद दिल्लीलाई हराएर पहिलो जित निकाल्न चाहन्छ । डेभिड वार्नरको कप्तानीमा रहेको हैदराबादले अघिल्ला दुई खेल गुमाएको थियो । पहिलो खेलमा हैदराबाद रोयल च्यालेन्जर्स बैंगलोरसँग १० रनले पराजित भएको थियो । यस्तै दोस्रो खेलमा हैदराबाद कोलकत्ता नाइट राइडर्ससँग ७ विकेटले पराजित भएको थियो ।

दिल्ली अंकतालिकाको शीर्ष स्थानमा रहँदा हैदरावाद पुछारमा छ । यसअघिका दुवै खेलमा मौका नपाएका नेपाली स्पिनर सन्दीप लामिछाने आजको खेलमा पनि सुरुवाती ११ मा पर्ने सम्भावना कम छ । दिल्लीमा २ भारतीय स्पिनर भएका कारणसन्दीप विकल्पको रुपमा मात्रै रहँदै आएका छन् । 

सन्दीपले पहिलो संस्करणमा ३ र दोस्रो सिजनमा ६ खेलमा मौका पाएका थिए ।


कस्तो लाग्यो ?

यो पनि