जेठ ०१, २०८१, मंगलबार
               

आइपिएलमा बैंगलोरसँग मुम्बई हार्यो

नेपाल फ्ल्यास
असोज १३, २०७७

ADVERTISEMENT

भारत । आईपीएल क्रिकेट खेलमा बैंगलोरसँग मुम्बईले हार ब्यहोरेको छ । इन्डियन प्रिमियर लिग आईपीएलमा रोयल च्यालेन्जर्स बैंगलोरले मुम्बई इन्डियन्सलाई सुपर ओभरमा हराएको हो ।

सुरुमै ब्याटिङ गरेको बैंगलोरले ३ विकेटको क्षतिमा २०१ रन बनायो । २०२ रनको विजय लक्ष्य पछ्याएको मुम्बईले ५ विकेटको क्षतिमा २०१ रन नै बनाएपछि खेल बराबरी भयो ।

आईपीएल इतिहासमा पहिलो पटक दुई सयभन्दा धेरै रन बनाएर पनि म्याच टाई भएको यो पहिलो पटक हो । दुवै टिमको स्कोर बराबर भएपछि खेल सुपर ओभरमा गएको थियो ।


कस्तो लाग्यो ?

यो पनि