बैशाख २१, २०८१, शुक्रबार
               

१० खेलाडीमा सिमित युभेन्टसलाई रोनाल्डोले हारबाट जोगाए

नेपाल फ्ल्यास
असोज १२, २०७७

ADVERTISEMENT

क्रिस्टियानो रोनाल्डोको दुई गोलको मद्दतले १० खेलाडीमा सिमित युभेन्टसले एएस रोमासँग २–२ को बराबरी गर्न सफल भएको छ । आइतबार भएको खेलमा युभेन्टस दुईपटक पछि परे पनि रोनाल्डोले टोलीलाई हारबाट जोगाउन सफल रहे ।

खेलको ३१ औँ मिनेटमा जोर्डन भेरेटाउटले पेनाल्टीबाट रोमालाई अग्रता दिलाए । तर, ४४ औँ मिनेटमा पेनाल्टीबाटै गोल गर्दै रोनाल्डोले युभेलाई खेलमा फर्काए ।

पहिलो हाफको इन्जुरी समयमा भेरेटाउटले हेनेरिक मिखितारियनको पासमा गोल गर्दै खेलमा पुनः रोमालाई अग्रता दिलाए ।

६२ औँ मिनेटमा एड्रियन रोबियोटले दोस्रो पहेँलो कार्ड पाएपछि युभेन्टस १० खेलाडीमा सिमित बन्यो । तर, लगत्तै ड्यानिलोको क्रसमा  रोनाल्डोले हेडमार्फत गोल गर्दै टोलीलाई हारबाट जोगाए ।

बराबरीसँग युभेन्टस लिगको चौथौँ स्थानमा खस्किएको छ । रोमा लिगको १३औँ स्थानमा रहेको छ ।

 


कस्तो लाग्यो ?

यो पनि