जेठ ०१, २०८१, मंगलबार
               

आइपिएलमा पञ्जाबलाई राजस्थानले हरायो

नेपाल फ्ल्यास
असोज १२, २०७७

ADVERTISEMENT

एजेन्सी । आइपिएल क्रिकेट खेलमा पञ्जाबलाई राजस्थानले हराएको छ । इण्डियन प्रिमियर लिग आइपीएल अन्तरगत राजस्थान रोयल्सले हराएको हो । २२४ रनको लक्ष्य पन्छाएको राजस्थानले  किंग्स इलावेन पञ्जाबलाई ४ विकेटले हराएको छ ।

२२४ रनको विशाल लक्ष्य राजस्थानले १९.३ ओभरमा ६ विकेट गुमाएर भेट्टायो । जसमा सञ्जु स्यामसमले ८५, स्टिभ स्मिथले ५०, राहुल तेबटियाले ५३ रनको योगदान गरे । पञ्जाबका मोहम्मद सामीले सर्वाधिक ३ विकेट लिए ।

जीतसँगै राजस्थानले नयाँ कीर्तिमान बनाएको छ । हालसम्म आइपीएलमा २२४ रनको लक्ष्य कुनै पनि टिमले पूरा गर्न सकेको थिएन । यसअघि टस हारेर ब्याटिङ गरेको  पञ्जाबले निर्धारित २० ओभरमा २ विकेट गुमाएर २ सय २३ रन बनायो । उसका लागि मंयक अग्रवालले शतक बनाउने क्रममा ५० बलमा १० चौका र ७ छक्कासहित १०६ रन बनाएका थिए ।  
 


कस्तो लाग्यो ?

यो पनि