बैशाख १८, २०८१, मंगलबार
               

मुम्बईद्वारा कोलकाता ४९ रनले पराजित

नेपाल फ्ल्यास
असोज ०८, २०७७

ADVERTISEMENT

एजेन्सी । आइपीएल क्रिकेट खेलमा मुम्बईद्वारा कोलकाता पराजित भएको छ । डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्सले आइपिएल क्रिकेटमा पहिलो जित निकालेको हो ।

गएराति सम्पन्न भएको उक्त खेलमा मुम्बईले कोलकाता नाइटराइडर्सविरुद्ध ४९ रनले जित हासील गरेको छ । खाडी मुलुक युएईको अबुधाबीस्थित शेख जायद स्टेडियममा भएको खेलमा सुरुमा ब्याटिङ गरेको मुम्बईले १ सय ९५ रन बनाएको थियो ।

१ सय ९६ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको कोलकत्ताले पुरै ओभर खेल्दा ९ विकेट गुमाएर जम्मा १ सय ४६ रन मात्र बनायो । कोलकाताका पाट कुमिन्सले सर्वाधिक ३३ रन जोड्दा दिनेश कार्तिकले ३० र नितिश रानाले २४ रन बनाए ।

मुम्बईका ट्रेन्ट बोल्ट, जेम्स प्याटीनसन, जस्प्रित बुम्राह र राहुल चाहरले २–२ विकेट लिए भने किरोन पोलार्डले १ विकेट लिए । त्यसअघि पहिले ब्याटिङको निम्तो पाएको मुम्बईले २० ओभरमा ५ विकेट गुमाएर १ सय ९५ रन बनाएको थियो । मुम्बईका लागि कप्तान रोहित शर्माले ८० रनको अर्धशतकीय पाली खेलेका थिए ।  


कस्तो लाग्यो ?

यो पनि