जेठ ०६, २०८१, आइतबार
               

आइपीएलमा राजस्थानले चेन्‍नइलाई हरायो

नेपाल फ्ल्यास
असोज ०७, २०७७

ADVERTISEMENT

एजेन्सी । आइपीएल क्रिकेट खेलमा राजस्थानले चेन्‍नइलाई १६ रनले हराएको छ । इण्डियन प्रिमियर लिग अन्तरगत आइपीएल २०२० मा राजस्थान रोयल्सको विजयी सुरु गरेको हो ।

मंगलबार राती सम्पन्न भएको उक्त खेलमा चेन्‍नइ सुपर किंग्सलाई १६ रनले हराउँदै राजस्थानको पहिलो खेलमा विजयी हासिल भएको हो । २ सय १७ रनको लक्ष्य पछ्याएको चेन्‍नइ २० ओभरमा ६ विकेट गुमाउँदै २ सय रन मात्र बनायो । मुरली विजय र सेन वाटसनले पहिलो विकेटका लागि ६.४ ओभरमा ५६ रनको साझेदरी गरेका थिए ।

वाटसन ३३ र विजय २१ रन जोड्दै पवेलियन फर्के । ११४ रन जोडेर पाँच विकेट गुमाएको समयमा चेन्‍नइका डु प्लेसिसले आक्रामक ब्याटिङ गरेपनि १९ औँ ओभरमा आउट भएका थिए । उनले बिष्फोटक पारी खेल्दै ३७ बलमा १ चौका र ७ छक्कासहित ७२ रन जोडे। महेन्द्रसिंह धोनीले १७ बलमा नटआउट २९ रन जोडेपनि नतिजा आफ्नो पक्षमा पार्न सकेनन् ।

उनले १७ बलको सामना गर्दै ३ छक्का प्रहार गरे।  राजस्थानका लागि टेवाटियाले ४ ओभरमा ३७ रन खर्चेर ३ विकेट लिए । आर्चर, गोपाल र करनले १–१ विकेट हात पारे ।

त्यसअघि शारजाहमा टस हारेर ब्याटिङको निम्तो पाएको राजस्थानले २० ओभरमा ७ विकेट गुमाउँदै २ सय १६ रन बनाएको थियो । राजस्थानलाई विशाल योगफलमा पुर्याउन सञ्जु स्यामसन र स्टिभ स्मिथले उत्कृष्ट ब्याटिङ गरेका थिए । 
 


कस्तो लाग्यो ?

यो पनि