बैशाख २६, २०८१, बुधबार
               

क्यानको बोर्ड बैठक चितवनमा हुने

नेपाल फ्ल्यास
असोज ०५, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) को बोर्ड बैठक मंगलबारदेखि चितवनमा हुने भएको छ । 

क्रिकेटको भावि योजना बनाउन बोर्डको  बैठक आयोजना गरिएको हो । देशभरका पदाधिकारी सहभागिताका लागि सहज होस भनी सो बैठक चितवनमा डाकिएको बताइएको छ । क्यानका अध्यक्ष चतुरबहादुर चन्दका अनुसार सो बैठकमा सन् २०२० का लागि खेलाडीसित गरिने सम्झौताका विषयमा छलफल हुनेछ । 

आर्थिक गतिविधि अनुमोदन गर्ने तथा क्यानले भविष्यमा अपनाउने रणनीतिका विषयमा समेत छलफल हुने अधयक्ष चन्दले बताए । क्यानले असोज मसान्तभित्र वार्षिक साधारणसभा गर्ने योजना बनाएको छ । यसअघि कोरोना भाइरसको महामारीका कारण क्यानको बोर्ड बैठक गर्नेबारे अन्योल भएको थियो । 

यसअघि क्यानले क्रिकेट गतिविधि अघि बढाउन प्रदेश र जिल्ला सङ्घलाई बजेट उपलब्ध गराएको थियो । क्यानले ६ प्रदेश तथा २९ जिल्लालाई रकम उपलब्ध गराएको हो । हाल क्यानमा ३९ जिल्ला आबद्ध छन् । प्रत्येक प्रदेशलाई रु एक लाखका दरले तथा जिल्लालाई  ५० हजारका दरले बजेट उपलब्ध गराएको थियो । 

सात प्रदेशमध्ये क्रिकेट संरचनाअन्तर्गत कर्णाली प्रदेशलाई प्रदेशमा  ५ मै राखिएको छ । कर्णाली प्रदेशको सुर्खेत जिल्ला मात्र क्यानमा आबद्ध छ । कोरोनाका कारण क्रिकेट गतिविधि ठप्प थियो । अब यही परिस्थितिमा  कसरी गतिविधि सञ्चालन गर्न सकिन्छ भन्नेबारे बैठकमा छलफल हुने अध्यक्ष चन्दले बताए । 


कस्तो लाग्यो ?

यो पनि