जेठ ०२, २०८१, बुधबार
               

आईपीएलमा गर्यो चेन्नईले विजयी सुरुवात

नेपाल फ्ल्यास
असोज ०४, २०७७

ADVERTISEMENT

काठमाडौं । आईपीएल क्रिकेटमा चेन्नईले विजयी सुरुवात गरेको छ । इन्डियन प्रिमियर लिग (आईपीएल) टीट्वान्टी क्रिकेट खेलमा साविक उपविजेता चेन्नई सुपर किङ्सले विजयी सुरुवात गरेको हो ।

आडी मुलुक युएईको राजधानी अबुधाबीमा भएको उक्त आइपिएल खेलको १३ औँ संस्करणमा गएराति साविक विजेता मुम्बई इन्डियन्सलाई चेन्नाईले ५ विकेटले हराउँदै गर्दै सुखद सुरुवात गरेको छ ।

शेख जायद स्टेडियम दुबईमा मुम्बईले दिएको १ सय ६३ रनको लक्ष्य चेन्नईले १९ ओभर २ बलमा ५ विकेट गुमाएर पुरा गरेको थियो । चेन्नईको जितमा अम्बाती रायाडुले ७१ रनको अर्धशतकीय इनिङ्स खेले ।

यस्तै फाप डु प्लेसिसले अविजित रहदै ५५ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए । साम करनले १८ तथा रबिन्द्र जडेजाले १० रन जोडे। मुम्बईका ट्रेन्ड बोल्ट,जेम्स प्याटीनसन, जस्प्रित बुम्राह, हार्दिक पाण्डेय र राहुल चाहरले १–१ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ६२ रन बनाएको थियो । मुम्बईको लागि सौरभ तिवारीले ४२ रन बनाउदा क्विनटन डी ककले ३३ रन बनाए। केइरन पोलार्डले १८ रन जोडे । 


कस्तो लाग्यो ?

यो पनि