जेठ ०३, २०८१, बिहीबार
               

पिएसजीको नयाँ सिजन हारबाट सुरु

नेपाल फ्ल्यास
भदौ २६, २०७७

ADVERTISEMENT

फ्रेन्च लिग वान च्याम्पियन पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले नयाँ लिगको सुरुवातमै हार चाखेको छ ।

लिगअन्तर्गत बिहीबार राति भएको आफ्नो पहिलो खेलमा पिएसजी लेन्ससँग १-० ले पराजित भएको हो । पहिलो हाफमा गोल नगरे पनि गोल पनि नखाएको पिएसजीले दोस्रो हाफको सुरुतिरै खाएको गोल हारको कारण बन्यो ।

लेन्सका लागि ५७ औँ मिनेटमा गानागोले गरेको गोल नै जितका लागि निर्णायक बन्यो । लिग वानमा यहि सिजन बढुवा भएर आएको लेन्सले च्याम्पियन पिएसजीमाथि जित निकालेको हो ।

च्याम्पियन्स लिगको फाइनलिस्ट पिएसजीका स्टार खेलाडी केलियन एमबाप्पेसहित सात खेलाडीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि खेल अन्योलमा परेको थियो ।

तर पनि उही समयमा खेल भयो । पिएसजी पराजित भयो । पिएसजीको टिममा नेइमार, मार्क्वीन्होस, एन्जल डी मारिया र माउरो आइकार्डी सहितका खेलाडी पनि थिएनन् । पिएसजीले लिगअन्तर्गत आफ्नो दोस्रो खेलमा आउँदो आइतबार मार्सेइलीसँग प्रतिस्पर्धा गर्नेछ ।


कस्तो लाग्यो ?

यो पनि