२४औँ ग्राण्डसलाम उपाधि जित्ने सेरेना विलियम्सको सपना तत्कालका लागि टुटेको छ ।
युएस ओपन टेनिसअन्तर्गत भएको महिलातर्फको सेमिफाइनलमा अमेरिकी सेरेना चिर प्रतिद्धन्द्धी भिक्टोरिया अजारेन्कासँग पराजित भएकी छन् ।
पूर्व विश्व नम्बर एक भिक्टोरिया पहिलो सेटमा पछि परेकी थिइन्, तर त्यसपछिका सेटमा जित निकालेर उनी फाइनलमा पुगेकी हुन् ।
भिक्टोरियाले सेरेनालाई १ ६, ६ ३ र ६ ३ को सेटमा पराजित गरेकी हुन् । बेलारुसकी भिक्टोरियाले उपाधिका लागि सन् २०१८ कि विजेता जापानी खेलाडी नाओमी ओशाकासँग प्रतिस्पर्धा गर्नेछिन् ।
दुई पटककी अस्ट्रेलियन ओपन टेनिस विजेता भिक्टोरियाले सन् २०१३ पछि पहिलो पटक खेलेको ग्राण्ड सलामको सेमिफाइनलमा जित निकालेकी हुन् ।