बैशाख २०, २०८१, बिहीबार
               

रोनाल्डोको १०० गोल पूरा

नेपाल फ्ल्यास
भदौ २४, २०७७

ADVERTISEMENT

एजेन्सी । चर्चीत अन्तराष्ट्रिय फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोले १०० गोल पूरा गरेका छन् । पोर्चुगलका उनि स्टार खेलाडी रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा १०० गोल पूरा गरेका हुन् । रोनाल्डो आफ्नो देशका लागि १०० गोल गर्ने पहिलो युरोपेली खेलाडी भएका छन् ।

उनकै दुई गोलको सहयोगमा पोर्चुगलले युइएफए नेशन्स कप अन्तर्गत लिग ए को समूह ३ को खेलमा स्वीडेनलाई २–० ले पराजित गरेको हो । ३५ वर्षीय युभेन्ट्सका फरवार्ड रोनाल्डोले ४५औं मिनेटमा पहिलो गोल गर्दै १०० गोल पूरा गरे ।  ८१ मिनेट मैदानमा रहेका उनले ७२औँ मिनेटमा दोस्रो गोल गरेका थिए । 
 


कस्तो लाग्यो ?

यो पनि