जेठ ०७, २०८१, सोमबार
               

सन्दीप आवद्ध जमैका तलावाज सेमिफाइनलमा पराजित

नेपाल फ्ल्यास
भदौ २३, २०७७

ADVERTISEMENT

एजेन्सी । नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द जमैका तलावाज क्यारेबियन प्रिमियर लिग (सिपिएल) टी–२० क्रिकेटको पहिलो सेमिफाइनलमा पराजित भएको छ ।

ब्रायन लारा क्रिकेट स्टेडियममा मंगलबार राति भएको खेलमा जमैका ट्रिनबागो नाइट राइडर्ससँग ९ विकेटले पराजित भएको हो । 

जमैकाले दिएको दिएको १०८ रनको सामान्य लक्ष्य ट्रिनबागोले १४ ओभरमा मात्र १ विकेट गुमाएर पुरा गर्यो ।

सन्दीपले ४ ओभर बलिङ गर्दै २९ रन खर्चिए । तर, आजको खेलमा सन्दीपले विकेट लिन सकेनन् । सन्दीपले यस सिजन ११ खेलमा जम्मा १२ विकेट लिन सफल भए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको जमैकाले २० ओभरमा ७ विकेट गुमाएर १०७ रन बनाएको थियो ।

ट्रिनबागोले उपाधिका लागि गुएना अमेजन वारियर्स र सेन्ट लुसिया जोउक्सबीचको विजेतासँग खेल्नेछ । गुएना र सेन्ट लुसियाबीचको खेल बुधबार हुनेछ । फाइनल खेल बिहीबार हुनेछ ।

यो पनि