जेठ ०७, २०८१, सोमबार
               

सन्दीप अवद्ध जमैका तालावाज फाइनल प्रवेशका लागि खेल्दै

नेपाल फ्ल्यास
भदौ २३, २०७७

ADVERTISEMENT

एजेन्सी । नेपाली लेग स्पिनर सन्दीप लामिछाने आवद्ध जमैका तालावाज आज क्यारेबियन प्रिमियर लिग (सिपिएल टी-२०) क्रिकेटमा फाइनल प्रवेशको लागि खेल्दैछ । 

ब्रायन लारा क्रिकेट स्टेडियममा जमैका तालावाजले आज (नेपाली समय अनुसार राति पौने ८ बजे) ट्रिन्बागो नाइट राइडर्ससँग प्रतिस्पर्धा गर्दैछ ।

लिग चरणमा चौथो स्थानमा रहँदै सेमिफाइनल पुगेको जमैकाले शीर्ष स्थानको नाइट राइडर्ससँग खेल्ने लागेको हो ।

पहिलो सेमिफाइनल खेलको विजेताले फाइनलमा स्थान बनाउने छ । दोस्रो सेमिफाइनलमा गुएना अमेजन वारियार्स र सेन्ट लुसिया जोउक्स भिड्ने छन् । दोस्रो सेमिफाइनल बुधबार हुनेछ ।

लिग चरणमा जमैकाले १० खेलमा तीन जित निकाल्दै ७ अंकका साथ सेमिफाइनलमा स्थान बनाएको थियो । यता नाइट राइडर्स भने प्रतियोगितामा अपराजित रहेको छ । १० खेलमा २० अंक जोड्दै ट्रिन्बागो नाइट राइडर्स शीर्ष स्थानमा छ ।

सन्दीपले लिग चरणको १० खेल खेल्दै ९ इनिङस बलिङ गर्दा १२ विकेट लिन सफल भएका छन् । उत्कृष्ट बलिङ गर्दै आएका सन्दीप सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा पाचौं स्थानमा छन् ।

सन्दीप जमैकाका लागि सर्वाधिक विकेट लिने खेलाडीमध्ये दोस्रो स्थानमा छन् ।

यो पनि