मंसिर ०७, २०८१, शुक्रबार
               

नोभाक जोकोभिच युएस ओपन टेनिसबाट अयोग्य घोषित

नेपाल फ्ल्यास
भदौ २२, २०७७

ADVERTISEMENT

विश्व नम्बर एक नोभाक जोकोभिच युएस ओपन टेनिसका लागि अयोग्य घोषित भएका छन् । चौथो चरणको खेलमा दुर्घटनावस लाइन जजलाई बलले हिर्काएपछि जोकोभिच प्रतियोगिताका लागि अयोग्य घोषित भएका हुन् ।

स्पेनिस पाब्लो कारेनो बुस्तासँगको खेलको क्रममा ६–५ ले पछि परेका बेल सर्भ गुमाएका जोकोभिच बल मार्फत आफ्नो कुण्ठा पोखेका थिए । उनले गोजीबाट बल निकाली आफू पछाडि हिर्काए ।

सो बल गएर महिला लाइन जजको घाँटीमा लाग्यो । जोकोभिचले लगत्तै जजसँग माफी मागेका थिए ।

लामो छलफलपछि जोकोभिचलाई प्रयोगिताका लागि अयोग्य घोषित गरिएको हो ।

३३ वर्षका सर्बियन खेलाडी जोकोभिचले बल जोखिमपूर्ण तथा सावधानी नअपनाई हिर्काएकाले ग्राण्ड सलामको नियम अनुसार अयोग्य घोषित गरिएको अमेरिकाको टेनिस एसोसिएशनले जारी गरेको व्यक्तव्यमा उल्लेख छ ।

उनी प्रयोगिताका लागि अयोग्य घोषित भएकाले युएस ओपन टेनिसबाट बरियताका लागि प्राप्त गरेको अंक पनि खारेज भएको छ । जोकोभिचले यो वर्ष कुनै पनि खेलमा हार बेहोरेका थिएनन् ।

जोकोभिच बाहिरिएपछि अब पुरुष तर्फ नयाँ ग्राण्ड सलाम विजेता प्राप्त हुने पक्का भएको छ ।

जोकोभिच, रोजर फेडेरर र राफायल नाडाल भन्दा बाहिरका खेलाडीले सन् २०१६ पछि पहिलो पटक प्रमुख उपाधि जित्ने भएका छन् । सन् २०१६ मा स्टानिसलास वावरिन्काले युएस ओपन टेनिसको उपाधि जितेका थिए ।


कस्तो लाग्यो ?

यो पनि