जेठ ०७, २०८१, सोमबार
               

सिपिएल सेमिफाइनलमा जमैका तलावाज र ट्रिनबागोबीच प्रतिस्पर्धा

नेपाल फ्ल्यास
भदौ २२, २०७७

ADVERTISEMENT

लेग स्पिनर सन्दीप लामिछानेको उत्कृष्ट प्रर्दशनका बाबजुत जमैका तलावाज क्यारेबियन प्रिमियर लिग (सिपिएल) टि-२० को लिग चरणको अन्तिम खेलमा पराजित भएको छ ।

आइतबार राति लिग चरणको आफ्नो अन्तिम खेलमा जमैका सेन्ट लुसिया जोउक्ससँग ११ रनले पराजित भएको हो ।

टस जितेर ब्याटिङ रोजेको लुसियाले ६ विकेट गुमाएर १४५ रन बनाएको थियो भने तलावाज पूरा ओभर खेलेर १३४ रनमै समेटिएको थियो । खेलमा सन्दीपले एक विकेट लिएका थिए । 

सन्दीपले समूह चरणका १० खेलमा १२ विकेट लिइसकेका छन् ।

यसैबीच, जमैका तलावाजले सेमिफाइनलमा अपराजित टिम ट्रिनबागो नाइट राइडर्ससँग खेल्ने भएको छ ।

जमैका तलावाज १० खेलमा तीन जित, एक बाराबरी र ६ हारका साथ सेमिफाइनलमा प्रवेश गरेको हो भने ट्रिबागो १० खेलमै जित निकालेर शीर्ष स्थानमा रहँदै सेमिफाइनल पुगेको हो ।

राउन्ड रोबिनको दुवै खेलमा ट्रिबागोले तलावाजलाई पराजित गरेको थियो । ट्रिबागोसँग पहिलो खेलमा ७ विकेटले हार बेहोरेको तलावाज दोस्रो खेलमा १९ रनले पराजित भएको थियो ।

जमैका तलावाजले अब पहिलो सेमिफाइनलमा भोलि (मंगलबार) ट्रिबागो नाइट राइडर्ससँग प्रतिस्पर्धा गर्नेछ ।

यो पनि